Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीबिरुद्ध संसद् सचिवालयमा दर्ता भएको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

कार्कीबिरुद्धको महाअभियोगको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची बिहीबारका लागि डाकिएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा सभामुख ओनसरी घर्तीले सूचना टाँस गर्दै आजसम्मका लागि स्थगित गर्नुभएको थियो । संसद्मा महाअभियोगको प्रस्ताव पेश भएपछि प्रारम्भिक छलफल हुने छ । त्यसपछि बैठकले प्रस्तावमाथि अनुसन्धान गर्न महाअभियोग सिफारिस समितिमा पठाउने छ । 1469262510867_pro_ktm_160723_img_8238

समितिले कार्यप्रारम्भ गरेको ३० दिनभित्र संसद्मा अनुसन्धान प्रतिवेदन पठाउने छ । यो समितिले अख्तियार प्रमुख कार्कीसँग बयान लिनुका साथै उनलाई आफूलाई निर्दोष सावित गर्ने मौका दिनेछ । यो समितिले अध्ययन पश्चात महाअभियोग लगाउन उपयुक्त भएको रायसहितको प्रतिवेदन दिएपछि संसदमा प्रस्तुत हुन्छ र दुई तिहाईले पास भए कार्की स्वतः पदमुक्त हनुहुनेछ ।

सत्तारुढ माओवादी र प्रमुख विपक्षी एमालेका १५७ सांसदले कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

तपाईको प्रतिक्रिया