Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौँ – पाँचौ अन्तर्राष्ट्रिय बालिका दिवस अन्तर्गत आज विभिन्न जिल्लाबाट आएका बालिकाले आफूभित्र रहेको प्रतिभा प्रस्तुत गरेका छन् । उनीहरुले चित्रकला, नृत्य, गायन, कवितावाचन, हाजिरीजवाफ लगायतका प्रतिभा प्रस्तुत गरिरहेका छन् । children-e1441797561952

महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको आयोजनामा शुक्रवारदेखि सुरु भएको उक्त कार्यक्रम आइतबारसम्म चल्नेछ । यस वर्ष दिवसको मुख्य विषय बालविवाह अन्त्य रहेको छ । नेपालको कानुनले २० वर्ष पूरा गरेपछि मात्र विवाहका लागि योग्य मानिएको भनिएपनि अझै २९ प्रतिशतको विवाह १८ वर्ष नपुग्दै हुने गरेको छ । बालविवाह अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले बताउनुभयो ।

सन् २०३० सम्म नेपालवाट बालविवाह अन्त्य गर्ने लक्ष्यसहित बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ जारी भएको हो । हरेक वर्ष अक्टोबर ११ का दिन अन्तर्राष्ट्रिय बालिका दिवस मनाइने भए पनि यो वर्ष उक्त समय नेपालमा दसै परेकाले यो दिवस शुक्रबारदेखि तीन दिन सम्म भव्यताका साथ मनाइरहेको छ ।

तपाईको प्रतिक्रिया