Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

नवलपरासी – नवलपरासीको कावासोतीको कावासोती खानेपानी तथा सरसफाई  उपभोक्ता संस्था देश भरका खानेपानी संस्था मध्ये नमूना खानेपानी संस्था बनेको  छ । आर्थिक पक्षमा बलियो बन्दै गएको यो संस्था ऋण लिएर नगर क्षेत्रमा खानेपानी आपूर्ति गर्ने संस्थाहरुमा नमूना बनेको हो ।

२०५८ सालमा  नेपालमा पहिलो पटक सुरु भएका २९ साना शहरी खानेपानी योजना अन्तर्गत छनौट भइ खानेपानी आयोजना सुरु गरेको यो संस्थाले  नेपाल सरकारको ५० प्रतिशत, नगर विकास कोषको ३० प्रतिशत र संस्थाको पाँच प्रतिशत नगद तथा १५ प्रतिशत जनसहभागितामा  १० करोड आयोजना सुरु गरेपछि कावासोतीमा खानेपानी सहज बनेको हो  ।

संस्थाको व्यवस्थापन उत्कृष्ट नमूना भएको भन्दै नगर विकास कोषले पुरस्कृत गरेको छ ।  सुरुमा माइन्युट पनि उधारोमा लिएको संस्था ऋणकै आधारमा खानेपानीको आपूर्ति गर्दै अगाडि बढेकाले अहिले वार्षिक आम्दानी २८ करोड गर्न सफल भएको छ  ।

अहिले  कावासोती नगरपालिकाको २, ३, ५, ६ , ८ र ९ वडामा रहेको योजना बिस्तार गरी ७ र १० वडामा खानेपानी पुर्‍याउने लक्ष्य समितिले लिएको  छ ।

तपाईको प्रतिक्रिया