Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउन माग गर्दै डा. गोविन्द केसीका समर्थकले काठमाडौमा र्‍याली निकाल्दैछन् ।

‘अलबिदा लोकमान, अख्तियारलाई जीवनदान’ भन्ने नारासहित बिहान ११ बजे काठमाडौंको माइतीघरदेखि निकालिने र्‍याली नयाँ बानेश्वरमा पुगेर कोणसभामा परिणत हुने आयोजक सोलिड्यारिटि फर डा. गोविन्द केसी अलायन्सले जनाएको छ ।

अलायन्सले स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै आएका डाक्टर केसीको समर्थन गर्दै आएको छ । डा. केसीले अख्तियार प्रमुख आयुक्त कार्की विरुद्ध महाअभियोग लगाउनुपर्ने माग गर्दै आउनुभएको थियो ।

तपाईको प्रतिक्रिया