Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहालसँग धनकुटा जिल्लाको सर्वदलीय एवम् सर्वपक्षीय टोलीले आज भेट गरी जिल्लाको विकास निर्माणमा सहयोग गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा सो प्रतिनिधिमण्डलले जिल्लामा तत्काल विमानस्थल निर्माणका लागि आवश्यक तयारी र बजेटको व्यवस्था मिलाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

जवाफमा प्रधानमन्त्री दाहालले धनकुटामा विमानस्थल बन्दा पूर्वाञ्चलकै लागि सुखद सन्देश हुने भन्दै त्यसका लागि सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

टोलीमा धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसदहरु, विभिन्न पार्टीका नेता तथा नागरिक अगुवाहरुको सहभागिता रहको थियो ।

तपाईको प्रतिक्रिया