Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं– काठमाडौं उपत्यकाका केही निजी विद्यालयमा बम विस्फोट गराउने मुख्य योजनाकारसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ परेकाहरुका बारेमा  पत्रकार सम्मेलन गरी जानकारी गराइने महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता एसपी सहकुल थापाले जानकारी दिनुभयो । गएको असोज ४ गते काठमाडौं उपत्यकाका सात निजी विद्यालयमा उनीहरुले बम विष्फोट गराएका थिए ।

बम राखेको विद्यालयमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपाल नामको पर्चा भेटिएको थियो । पर्चामा निजी विद्यालयले बढी शूल्क लिएको भन्दै शूल्क फिर्ता गर्नुपर्ने माग गरिएको थियो ।

तपाईको प्रतिक्रिया