Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – अख्तियार प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाअभियोगको प्रस्ताव दर्ता भएपछि उत्पन्न राजनीतिक घटनाक्रमलाई लिएर नेताहरुले विदेश भ्रमण धमाधम रद्द गर्न थालेका छन् ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने भनिएको बंगलादेशको भ्रमण कार्यक्रम रद्द गर्नुभएको छ । बंगलादेशको अवामी लिगको राष्ट्रिय सम्मेलनमा भाग लिन उनी आज ६ दिनका लागि ढाका जाने कार्यक्रम थियो ।

यसअघि सभामुख ओनसरी घर्तीले पनि स्वीजरल्यान्डको जेनेभामा हुने अन्तर संसद्सम्बन्धी बैठकमा सहभागी हुने कार्यक्रम रद्द गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया