Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा उभिएको छ ।chitra-bahadur-kc-4-001-1

जनमोर्चाका अध्यक्ष केहीले आज प्रेस वक्तव्य जारी गर्दे आफ्ना मत बाहिर ल्याउँदै उक्त पदमा कार्की योग्य नभएको भन्दै आफ्नो पार्टीले महाभियोगको प्रस्तावलाई समर्थन गर्ने बताउनुभएको छ ।

विज्ञप्ती
आयोगको प्रमुख पदमा लोकमानसिंह कार्की योग्य थिएनन् । उनले संयुक्त जनआन्दोलन दवाउन भूमिका खेलेका थिए र उनलाई रायमाझी आयोगले भविष्यमा कुनै पदका लागि अयोग्य हुने गरी दोषि ठहर गरेको थियो । उनको भ्रष्ट चरित्रबारे पनि सबैलाई थाहा भएकै कुरा हो । तसर्थ, हाम्रो पार्टीले उनलाई उक्त पदमा नियुक्ति नगर्न जोड गरेको थियो ।
उनी आयोगको प्रमुख पदमा नियुक्ति भएपछि पनि कैयन गैर–जिम्मेवार कार्यहरु गरेका छन् ।

सर्वोच्च अदालतले उनी विरुद्धको मुद्दामा अदालतको पुर्जी तामेल गर्न नदिन निकै तिगडम गरे । उनी उक्त पदमा योग्य छैनन् । उनले गरेका जनतन्त्र विरोधी र भ्रष्ट क्रियाकलापका कारणले उनी विरुद्ध संसदमा प्रस्तावित महाभियोगको प्रस्तावलाई हाम्रो पार्टीले समर्थन गर्दछ । उक्त प्रस्ताव पारित गर्न सबै सांसदहरुलाई अपील गर्दछ ।

तपाईको प्रतिक्रिया