Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले वैदिक संस्कृतिको आदर्शलाई स्थापित गरिनुपर्ने बताउनुभएको छ । नेपाल आर्य समाजको आयोजनामा आजदेखि यहाँ सुरु भएको अन्तर्रा्ष्ट्रिय वैदिक आर्य महासम्मेलनको उद्घाटन गर्दै उहाँले वैदिक दर्शनको योगदानस्वरुप हजारौँ वर्षअघिदेखि योग र आयुर्वेदको सुरुआत भएको बताउनुभयो ।

cfo{ dxf;Dd]ng sf7df8f}Fsf] 6'Fl8v]ndf laxLaf/ cfof]lht cGt/f{li6«o cfo{ dxf;Dd]ngdf /fi6«klt ljBfb]jL e08f/Lnufot cltlyx? . tl:a/ M k|bLk/fh jGt, /f;;

“विश्वबन्धुत्व, प्रकृतिप्रेम र मानवीयता वैदिक कालदेखि गहन सन्देशका रुपमा रहँदै आएको छ, वैदिक युगमा सुरु भएका राम्रा काम आधुनिक युगमा विकृतिका रुपमा प्रसार भएको छ, यस्ता विकृतिको अन्त्य गरी वैदिक दर्शनलाई अघि बढाउनुपर्छ”– उहाँले भन्नुभयो । महिलालाई समान अधिकार दिएको वैदिक युगको परम्परा उत्तर वैदिक कालपछि खण्डित भएको राष्ट्रपति भण्डारीले बताउनुभयो । ‘वसुधैव कुटुम्बकम’ र ‘सर्वे भवन्तु सुखिनः’को भावनालाई प्रवद्र्धन गर्न वैदिक ज्ञान आवश्यक रहेकामा उहाँले जोड दिनुभयो ।

सो अवसरमा स्वामी सम्पूर्णानन्द सरस्वतीले सीता र बुद्धका कारण नेपाल विश्वमा प्रकाशित भएको सुनाउनुभयो । “नेपालको भूमि नभएको भए भगवान् रामचन्द्रको जन्म नै हुने थिएन, दोलखामा तपस्या गरी बस्ने श्रृङ्गी ऋषिले अयोध्यामा गई पुत्रेष्टि यज्ञ गराएपछि दशरथ पुत्रका रुपमा श्रीरामचन्द्रको जन्म भएको हो”– उहाँले भन्नुभयो ।

cfo{ dxf;Dd]ng sf7df8f}Fsf] 6'Fl8v]ndf laxLaf/ cfof]lht cGt/f{li6«o cfo{ dxf;Dd]ngsf ;xefuLx? . tl:a/ M k|bLk/fh jGt, /f;;

कार्यक्रममा अमेरिकाको न्युयोर्कमा गुरुकुल सञ्चालन गर्ने डा सतीश प्रकाश, सुरेश आर्य र प्रकाश आर्यले छुवाछुत हटाई सही रुपमा वैदिक ज्ञानको प्रचार गर्न आर्य समाजको स्थापना भएको जानकारी दिनुभयो । भारतमा सन् १८७५ मा स्वामी दयानन्द सरस्वतीले स्थापना गरेको आर्य समाज नेपालमा सहिद शुक्रराज शास्त्री र उहाँका पिता माधवराज जोशीको सक्रियतामा विसं १९९७ मा स्थापना भएको हो ।

कात्तिक ६ गतेसम्म चल्ने महासम्मेलनमा नेपालबाट पाँच हजार, भारतबाट तीन हजार एवम् अन्य देशबाट ५०० सहभागी छन् । उद्घाटनअघि आज बिहान ६ः०० बजेदेखि सहिदढोका–त्रिपुरेश्वर–सहिद शास्त्रीलाई फाँसी दिइएको टेकुस्थित रुख–झोँछे–असन–इन्द्रचोक–भोटाहिटी हुँदै टुँडिखेलसम्म शोभायात्रा गरियो । शोभायात्रापछि वैदिक यज्ञ गरी महासम्मेलनको उद्घाटन गरिएको थियो । बिहान ५ः०० देखि ६ः०० बजेसम्म योग शिविरसमेत सञ्चालन गरिएको थियो ।

महासम्मेलनका क्रममा आठ छुट्टै सम्मेलन समेत आयोजना हुने समिति संयोजक सहप्राध्यापक डा माधवप्रसाद उपाध्यायले जानकारी दिनुभयो । “नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपछि प्रा डा कुलप्रसाद कोइरालाको संयोजनमा विश्व संस्कृत, गायत्री परिवारका डा राजु अधिकारीको संयोजनमा विश्व युवा, विश्व वेद विज्ञान, विश्व महिला, विश्व शिक्षा, विश्व सनातन धर्म र विश्व आर्य संस्कृति सम्मेलन समेत हुनेछ”– उहाँले भन्नुभयो ।
तीमध्ये आज युवा र महिला सम्मेलन हुनेछ । शोभा यात्राका कारण आज बिहान ९ः०० बजे यज्ञ गरिए पनि शुक्रबार र शनिबार बिहान ७ः०० बजेदेखि वैदिक यज्ञ हुने आयोजक समितिले जनाएका

तपाईको प्रतिक्रिया