Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – व्यवस्थापिका-संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिले विदेशी विश्वविद्यालयका कलेजलाई नेपालमा सम्बन्धन दिने काम रोक्न निर्देशन दिएको छ ।

समितिको बिहीबारको बैठकले उच्च शिक्षाको व्यवस्थापन र सुधारका लागि उपसमिति गठन गर्ने निर्णय गरेकाले त्यसको प्रतिवेदन नआउञ्जेल विदेशी शिक्षण संस्थाको सम्बन्धन रोक्न निर्देशन दिएको हो । यो निर्णयले यसअघि सम्बन्धन पाइसकेका संस्थालाई भने कुनै बाधा गर्ने छैन ।

जथाभावी सम्बन्धन दिइएको तथा महंगो शुल्क लिइएको गुनासो आएपछि समितिले त्यसबारे अध्ययन गर्ने भएको हो । समितिका सभापति रञ्जुकुमारी झाले उपसमितिले समितिलाई दिने प्रतिवेदनका आधारमा शिक्षा मन्त्रालयलाई थप निर्देशन दिने बताउनुभयो । उपसमितिले १५ दिनभित्र प्रतिवेदन दिनेछ ।

तपाईको प्रतिक्रिया