Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ –सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जानुहुने कार्यक्रम रद्द गर्नुभएको छ ।

मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उहाँले साताव्यापी आफ्नो भ्रमण रद्द गर्नुभएको उहाँका प्रेस सल्लाहकार वासुदेव शर्मा ९बबिन०ले राससलाई जानकारी दिनुभयो ।

सभामुख घर्तीसहित सो बैठकमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा ९एमाले०को प्रमुख सचेतक भनुभक्त ढकाल, नेकपा ९माओवादी केन्द्र०का प्रमुख सचेतक टेकबहादुर बस्नेत सहित संसद् सचिवालयका पदाधिकारी सो कार्यक्रममा जाँदै हुनुहुन्थ्यो ।

उहाँहरु भोलि त्यसतर्फ प्रस्थान गर्नुहुने कार्यक्रम रहेको थियो । व्यवस्थापिका–संसद्मा नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०ले संयुक्त रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान कार्की विरुद्धमा बुधबार संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

दर्ता भएको सो महाअभियोगलाई संसद्मा कसरी प्रवेश गराउने भन्ने विषयमा उच्च राजनीतिक नेतृत्वका बीच कुराकानी भइरहेकाले व्यवस्थापिका–संसद्को आजको बैठक सूचना टाँच गरी स्थगित भएको थियो ।

तपाईको प्रतिक्रिया