Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – पूर्वराजा ज्ञानेन्द्रले देशमा निषेधको राजनीति गरेमा देशमा विद्रोह हुने चेतावनी दिनुभएको छ । काठमाडौंको बनकालीमा सुरु भएको अन्तर्राष्ट्रिय विराट विश्व हिन्दु महासम्मेलमा बोल्दै पूर्वराजा ज्ञानेन्द्रले सनातन हिन्दु धर्ममार्फत आफूहरुले देशमा स्थायित्वको दायित्व खोजेको तर उपेक्षा गरेमा विद्रोह हुने र त्यसले देशमा असन्तुलन निम्त्याउने चेतावनी दिनुभएको हो ।

हजारौं वर्षदेखि नेपालीको मौलिक धर्म बनेको हिन्दुधर्मबाट नेपाललाई किन हटाइयो, र जटिल परिस्थिति किन सिर्जना भयो भन्ने बारेमा प्रश्न गर्ने बेला आएको पूर्वराजाको भनाई छ । ‘अहिलेको जटिल परिस्थिति किन र कसरी सिर्जना भयो, कारक के हुन भन्नेबारे जनताले प्रश्न गर्ने बेला आएको छ ।’  भारत र चीन जोड्ने सेतुका रुपमा रहेको हिन्दुधर्मलाई सम्मान गरेमा मात्र देशमा शान्ति स्थिरता रहने र स्वाभिमानको रक्षा हुने पूर्वराजाका दावी छ ।

नेपालले आफ्नौ मौलिक धर्मप्रति विश्वास राखेर अघि बढेमात्र दिगो शान्ति र स्वाभिमानको रक्षा गर्न सक्ने पूर्वराजाको भनाई छ । पूर्वराजाको प्रश्न छ, ‘सनातन हिन्दु अनुयायीका रुपमा प्रश्न गर्न चाहान्छौं, दुई ठूला छिमेकीको बिचमा नेपालको मौलिक हिन्दु धर्म सेतु बनेको छ । यसलाई जोगाउने हाम्रो दायित्व होइन ?’

तपाईको प्रतिक्रिया