Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – नेपाल उद्योग वाणिज्य महासंघका ६ जना पूर्व अध्यक्षले विशेष साधारणसभा बहिष्कार गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका  अध्यक्षलाई सम्बोधन गरी पत्र लेख्दै उनीहरुले औपचारिक निमन्त्रणासमेत प्राप्त नभएको भन्दै विशेष साधारणसभामा उपस्थित हुन नसक्ने व्यहोरा अवगत गराएका हुन् ।

पत्रमा पूर्व अध्यक्षहरु महेशलाल प्रधान, पदम ज्योती, आनन्दराज मुल्मी, प्रदीपकुमार श्रेष्ठ, विनोदबहादुर श्रेष्ठ  र कुशकुमार जोशीको हस्ताक्षर छ ।

पत्रमा विभिन्न माध्यमबाट विधान संशोधन गर्न विशेष साधारणसभा हुन लागेको जानकारी प्राप्त भए पनि विधान संशोधन प्रक्रियामा पूर्वअध्यक्षको हैसियतले व्यक्तिगत र सामूहिक रुपमा राय÷सुझाव लिने र छलफल गर्ने काम नभएको स्मरण गराइएको छ ।

तपाईको प्रतिक्रिया