Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाईएको छ । BP_smriti_bhawan_Nepali_congress

संविधान संशोधन र स्थानीय तह निर्धारणको विषयमा मतमतान्तर बढिरहेका बेला काँग्रेस बैठक बस्न लागेको हो । संविधान संशोधनका विषयमा पाटीभित्र एकमत बनाई अरु दलसँग सहमतिका लागि समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । त्यसैगरी गाउँपालिका र नगरपालिकाको सीमा र संख्या निर्वाचनका विषयमा पनि बैठकमा छलफल हुने छ । बैठकले स्थानीय तहको निर्वाचनका बारेमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्ने बताइएको छ ।

पार्टी विधानअनुसार महाधिवेशन सम्पन्न भएको दुई महिनाभित्र सभापतिले पार्टी उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहित २१ जना केन्द्रीय सदस्यको मनोनित तथा पार्टीभित्रका ४२ वटा विभाग गठन गरिसक्नुपर्ने व्यवस्था छ । तर सभापति देउवाले अधिवेशन सम्पन्न भएको झण्डै ७ महिना वित्नलाग्दा पनि विधानअनुसार मनोनयन नगरी संगठनलाई संस्थागत रुपमा संचालन नगरेकोमा पौडेल पक्षका सदस्यले नेतृत्वको आलोचना गर्ने तयारी गरिरहेको बुझिएको छ ।

तपाईको प्रतिक्रिया