Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की्विरुद्ध महाअभियोगको प्रस्ताव दर्ता हुने भएको छ ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेका १ सय ५७ सांसदले हस्ताक्षर गरी प्रमुख आयुक्त कार्कीबिरुद्ध बुधबार व्यवस्थापिका–संसद् सचिवालयलाई महाअभियोग प्रस्ताव बुझाएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो । संवैधानिक प्रावधानअनुसार महाअभियोग दर्ताका लागि आवश्यक पर्ने कम्तीमा एक चौथाई सांसदको सङ्ख्या पुर्‍याएर प्रस्ताव अघि बढाइएको र अरु सांसदको हस्ताक्षर थपिने प्रमुख सचेतक ढकालले बताउनुभयो । lokman-singh-karki-3

प्रमुख सत्तारुढ दल माओवादी केन्द्र र प्रमुख विपक्षी दलका एमालेका सांसदको हस्ताक्षरमा महाअभियोगको प्रस्ताव अघि बढेको भनिए पनि माओवादी केन्द्रका प्रमुख सचेतक टेकबहादुर बस्नेतले भने आफूलाई त्यसबारेमा कुनै जानकारी नभएको बताउनुभयो ।

उहाँले संसद्बाट बुधबार मात्रै महाअभियोग प्रस्ताव सिफारिस समिति गठन भएको र बिहिबार संसद्को बैठकपछि सिफारिस समितिको बैठक बस्ने जानकारी समेत दिनुभयो । संविधानको धारा १०१ को उपधारा ६ अनुसार अब लोकमानसिंह कार्कीले महाअभियोगको कारवाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैनन् । यो एक प्रकारको निलम्बन नै हो ।

तपाईको प्रतिक्रिया