Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ –  आपूर्तिमन्त्री दीपक बोहरा र नेपाल भ्रमणमा रहनुभएका चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङ माओबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

jhnag-mao-nda-nabindraraj-j

आपूर्ति मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुका बीच उपभोक्ताको अधिकार संरक्षण र सहयोग आदानप्रदान तथा यस क्षेत्रको द्विपक्षीय सूचना आदानप्रदानसम्बन्धी समझदारीमा हस्ताक्षर समेत भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिका अनुसार सो समझदारीले दुई देशबीचको व्यापारलाई आगामी दिनमा थप अभिवृद्धि गर्न कोसेढुङ्गाका रुपमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।

सो अवसरमा मन्त्री बोहराले नेपाल र चीनबीचको व्यापारलाई अभिवृद्धि गर्न र उपभोक्ताको हक संरक्षण गर्न सम्झौताले महत्वपूर्ण सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाल र चीनबीच भएका पूर्व सम्झौतालाई कार्यान्वयन गर्न नेपाल प्रतिबद्ध रहेको चीन सरकारका उद्योग वाणिज्यको प्रशासन हेर्ने मन्त्री झाङलाई जानकारी गराउनुभएको थियो ।

चिनीयाँ मन्त्री झाङले नेपाल र चीनबीचमा थप व्यापार अभिवृद्धि गर्न सम्झौताले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसैगरी उद्योगमन्त्री नवीन्द्रराज जोशीसँग पनि आजै चिनीयाँ झाङले भेट गरी नेपालको उद्योग क्षेत्रको विकासमा चीनको सहयोगका बारेमा कुराकानी गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया