Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार संसद बैठकमा समय लिएर सरकारको कामकारबाहीबारे जानकारी गराउनुभएको छ । दसैँ बिदाका बेला पनि सरकारले नागरिकको गुनासो सुनेर नयाँ थालनि गरेको उहाँको भनाई छ ।

‘नागरिकले शान्तिपूर्ण तवरले दसैँ मनाउन पाउन भनेर सुरक्षा र यातायातमा विशेष व्यवस्था गरियो’ उहाँले भन्नुभयो । साथै आगामी तिहार, छठलगायतका चाडमा पनि नागरिकको हितका लागि बजार अनुगमन साथै सडक सुरक्षा र अन्य सुरक्षा व्यवस्थामा विशेष योजना बनाइएको उहाँले बताउनुभयो । उहाँले नागरिकको गुनासो सुन्न राखिएको हेलो सरकरको कार्यक्षेत्रलाई क्षेत्रीय रुपमा पनि विस्तार गरेर गुनासो समाधान गर्ने बताउनुभयो ।

उहाँले संसद बैठकमा आन्दोलनरत पक्षको माग पूरा गर्न संविधान संशोधनको प्रस्ताव तयार भइरहेको पनि बताउनुभएको छ । प्रधानमन्त्री दाहालले छठसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गर्दै देशलाई निर्वाचन तर्फ लग्नु नै अबको प्रमुख काम रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया