Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि अन्तिम ड्राफ्ट तयार भइरहेको संसदलाई जानकारी गराउनुभएको छ । बुधबार संसद बैठकमा समय लिएर प्रधानमन्त्री दाहालले आन्दोलनरत पक्षको माग पूरा गर्न संशोधनको प्रस्ताव तयार भइरहेको बताउनुभएको हो ।

cm-parchanda

प्रधानमन्त्री दाहालले छठसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने गरी काम भइरहेको उल्लेख गर्नुभयो । औपचारिक वार्ता र छलफलबाट वाद विवाद बढेको भन्दै सरकारले विभिन्न पक्षसँग अनऔपचारिक छलफललाई प्राथामिकता दिएको जानकारी दिनुभयो ।

‘छठसम्म विभिन्न पक्षसँग समझदारी बनाएर संशोधन प्रस्ताव संसदमा पेश गर्ने तयारी भइरहेको छ, प्रधानमन्त्री दाहालले संसदमा भन्नुभयो, ‘सरकारले विभिन्न पक्षसँग अलग अलग छलफल गरेर संशोधनका लागि वातावरण बनाउने प्रयास गरिरहेको छ ।’

असन्तुष्ट पक्षको माग सम्बोधन गरेर संविधान कार्यान्वयनमा सरकारले ध्यान दिएको उहाँले दाबी गर्नुभयो । संसदमा प्रधानमन्त्री दाहालले सरकारको कामकारबाहीबारे पनि जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया