Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

चितवन – काठमाडौँबाट भैरहवा जान आउँदै गरेको लु १ ख ७३९१ नंको रात्रि बस मङ्गलबार साँझ नारायणगढ–मुग्लिन सडकखण्डको दाहाखानी–६ को रिद्धिखोला नजिकै त्रिशूली नदीमा खस्दा नौजना गम्भीर घाइते, एकको मृत्यु र एकजना बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्रबहादुर हमालका अनुसार नौ जना गम्भीर घाइते सबै धादिङ नलाङका रहेका छन् । घाईतेलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

को को छन् घाईते ?
१. राजेश विक (वर्ष १९)  – नलाङ्ग ६, धादिङ्ग
२. कोपि विक (वर्ष २५) – नलाङ्ग ६ धादिङ्ग
३. कृष्ण नेपाली (वर्ष ३५) – नलाङ्ग ६ धादिङ्ग
४. पहलमान शार्की (वर्ष ४२) – नलाङ्ग ५ धादिङ्ग
५. भगवती पाठक (वर्ष ३६) – नलाङ्ग ७ धादिङ्ग
६. काजीराम नेपाली (वर्ष ३५) – नलाङ्ग ५ धादिङ्ग
७. रमेश विक (वर्ष १७) – नलाङ्ग ६ धादिङ्ग
८. शुभ विक (वर्ष १८) – नलाङ्ग ६ धादिङ्ग
९. हरीराम चमार- चालक (वर्ष ३०) – रुपन्देही

मृत्यु हुनेमा करिब ३२ वर्षीय पहिचान नखुलेका एकजनाको भरतपुरतिर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठजनाको कलेज अफ मेडिकल साइन्सेज भरतपुर र एकजनालाई राति नै थप उपचारका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको थियो । बसमा चालक तथा सहयोगी समेतगरी जम्मा ११ जना यात्रु सवार रहेकामा एकजना बेपत्ता भएका छन् ।

त्रिशूलीमा यसरी खस्यो बस (तस्बिरसहित)

त्रिशूलीमा यसरी खस्यो बस (तस्बिरसहित)

तपाईको प्रतिक्रिया