Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले भारतको गोवामा सम्पन्न ब्रिक्स–बिम्स्टेक विस्तारित बैठकबारे आफ्नो दल नेकपा माओवादी केन्द्र संसदीय दलमा जानकारी गराउनुभएको छ ।prachanda_1-1

गत असोज २९ देखि यही कात्तिक १ गतेसम्म भएको सम्मेलनमा नेपालले खेलेको भूमिका, छिमेकी मुलुक चीन र भारतका सरकार प्रमुखसँगको भेटबारे जानकारी गराउनुभएको हो । दलका नेता टोपबहादुर रायमाझीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहालले गोवा सम्मेलन र त्यसबारे उठेका विभिन्न टिप्पणीबारे स्पष्ट पार्नुभएको पत्रकारलाई जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहाल र चीन तथा भारतका सरकार प्रमुखको संयोगवश भएको अनौपचारिक भेटलाई त्रिपक्षीय वार्ता सन्देश प्रवाह भएपछि विभिन्न टिप्पणी उठेको थियो । यसै सन्दर्भमा प्रधानमन्त्री दाहालले आज व्यवस्थापिका–संसद्मा सम्बोधन गर्नुहुनेछ ।

यस्तै, बैठकमा सो दलबाट सरकारमा सहभागी मन्त्रीहरुका कामबारे पनि समीक्षा भएको थियो ।

तपाईको प्रतिक्रिया