Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

gaganबेनी – अस्पताल अनुगमन भ्रमणका लागि म्याग्दी जिल्लाको बेनी पुगेका स्वास्थ्यमन्त्री गगन थापाले सीमित साधन र स्रोत भएतापनि म्याग्दी जिल्ला अस्पतालले समुदायको सहयोगका कारण नेपालका अरु जिल्ला अस्पतालभन्दा उत्कृष्ट सेवा प्रवाह गरेको बताएका छन् ।

मंगलवार सदरमुकाम बेनीमा आयोजित एक समारोहमा बोल्दै मन्त्री थापाले नेपालका अरु जिल्ला अस्पताललाई म्याग्दी जिल्ला अस्पताल जस्तै सहज उपचार सेवा प्रदान गर्नसक्ने प्रविधि र चिकित्सकयुक्त अस्पताल बनाउन आवश्यक भएकोमा जोड दिए ।

मन्त्री थापाले म्याग्दी अस्पतालको निरिक्षण गरेका छन् । स्वास्थ्यमन्त्रीमा नियुक्त भएपछि पहिलो म्याग्दी भ्रमण गर्ने चर्चा चलेपनि मंगलबार हेलिकप्टरमार्फत म्याग्दी आइपुगेका हुन् । निक साईमन्सका संस्थापक जिम्स साईमन्स र मेरिलिन साईमन्स, नेपाल प्रमुख भोजबहादुर थापा सहित दुईवटा हेलिकप्टरमा आएको टोलीलाई जिल्लामा भब्य स्वागत गरिएको थियो ।

खुल्लामञ्चमा स्वागत गरी जिल्ला अस्पतालसम्म ल्याइएको स्वास्थ्यमन्त्री थापा सहितको टोलीलाई अस्पतालको विगत, वर्तमान र भावी योजना, समस्या सहित अस्पताल भित्रका परिवर्तन, सफलताका बारेमा डा. धिरेन मल्लले जानकारी गराउनुभएको थियो ।

दुईबर्षमा गुणस्तरीय स्वास्थ्य सहित जनताको मन जित्ने काम गरेर प्रशंसा पाईरहेको अस्पताल परिसर भित्र औपचारिक कार्यक्रम मार्फत विभिन्न विषयमा कार्यक्रम भएको थियो । सोही अवसरमा अस्पतालका प्रमुख डा. रोशन न्यौपानेले स्वागत सहित पुर्ननिर्माणको क्रममा रहेको अस्पतालको अस्थायी संरचनामा आवश्यक बजेटको माग गरेका थिए ।

सोही कार्यक्रममा बोल्दै व्यवस्थापिका संसदका सदस्यद्वय नवराज शर्मा र रेशमबहादुर बानियाँले पश्चिम म्याग्दीको दरबाङ र उत्तरी भुरुङ–तातोपानीमा रहेका स्वास्थ्यसंस्थाको स्तरोन्नति गर्न स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराए । अस्पताल विकास समितिका निर्वतमान अध्यक्ष चन्द्कुमार केसीले सञ्चालन गरेको कार्यक्रममा स्वास्थ्यकर्मीले ज्ञापन पत्र सहित सम्मानको कार्यक्रम समेत गरिएको थियो ।***

सरकारी सुविधा र बजेटका अतिरिक्त स्थानीय र विदेशमा रहेका म्याग्देलीको सहयोगले तीन वर्ष यता म्याग्दी अस्पतालमा सुविधायुक्त पूर्वाधार निर्माण भएका छन् । १५ शैय्याको सो अस्पतालले हालै ५० शैय्याको स्वीकृति पाएको छ । रासस

तपाईको प्रतिक्रिया