Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

Prachanda1काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज व्यवस्थापिका संसदमा सम्बोधन गर्नुहुने भएको छ । भारत भ्रमण, ब्रिक्स–बिम्स्टेक सम्मेलन, संविधान संशोधनलगायत समसामयिक विषयमा सदनमा उठेका विषयमा जवाफ दिन प्रधानमन्त्रीले संसदमा समय माग्नुभएको हो । आज बुधबार अपराह्न तीन बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्नुहुनेछ ।

संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुँइकेलले प्रधानमन्त्रीले सम्वोधनका लागि समय माग गर्नुभएको बताउनुभयो । कुँइकेलका अनुसार समसामयिक विषयमा सम्वोधनका लागि प्रधानमन्त्रीले समय माग गर्नुभएको र जसअनुसार बुधबारको बैठकमा उहाँले नियमित कार्यसूचीभन्दा पहिले नै सम्बोधन गर्नुहुनेछ ।

प्रधानमन्त्री प्रचण्डले यसअघि भारत भ्रमणका विषयमा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले नै संसदमा सम्बोधन गर्दै जवाफ माग्नुभएको थियो । यस्तै, अन्य प्रतिपक्ष दलहरूले पनि सहमतिका विषयमा असहमति प्रकट गर्दै जवाफ माग गरेका थिए । मंगलबारको संसदमा प्रधानमन्त्रीको अघिल्लो भारत भ्रमण र हालै सम्पन्न भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनलगायत सांसदहरूले जवाफ माग गर्नुभएको छ । प्रतिपक्ष दलहरूले संविधान संशोधनबारे पनि सरकारको धारणा माग गरेका छन् ।

यस्तै मंगलबारको बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विदेश भ्रमण स्वीकृतको कारण र प्रयोजनबारे प्रधानमन्त्रीसँग जवाफ माग्नुभएको थियो । समसामयिक विषयमा सदनलाई जानकारी गराउनका लागि प्रधानमन्त्रीले समय लिनुभएको हो । ***

तपाईको प्रतिक्रिया