Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – यातायात व्यवस्था विभाग कार्यालयले आगामी मंसिरदेखि देशभर ‘स्मार्ट कार्ड प्रणाली’ लागू गर्ने भएको छ ।

गत मंसिरदेखि परीक्षणका रुपमा बागमती अञ्चलमा मात्र सुरु भएको उक्त प्रणाली एक बर्षभित्रै बाँकी १३ वटै अञ्चलमा विस्तार गर्न लागिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले बताउनुभयो । एसियाली विकास बैंक एडिबीको आर्थिक सहयोगमा सुरु भएको सो प्रणालीलाई एक वर्ष्भित्र सबै अञ्चल कार्यालयमा विस्तार गर्ने समझदारी भएकाले गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।smart card

पछिल्लो प्रविधिको प्रयोग गरी वैज्ञानिक प्रणाली अपनाइएको स्मार्ट कार्डलाई देशभर फैलाउन सफ्टवेयरको विकास तथा दक्ष जनशक्ति व्यवस्थापन गर्न चुनौती रहेको श्रेष्ठको भनाइ छ । एडिबीले सवारीचालक अनुमति पत्रलाई व्यवस्थित बनाउन उक्त प्रणाली प्रयोग गर्नका लागि करिब रू २३ करोड सहयोग उपलब्ध गराएको छ ।

अहिलेसम्म करिब एकलाख सेवाग्राहीले बागमती अञ्चल कार्यालयबाट चारपाङ्ग्रे, दुईपाङ्ग्रेलगायत सवारी साधन चालक अनुमतिपत्र स्मार्ट कार्ड प्रणालीमार्फत वितरण गरिएको विभागले जनाएको छ ।

तपाईको प्रतिक्रिया