Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारतको गोवामा भएको ब्रिक्स सम्मेलनमा भएको भनिएको त्रिपक्षिय सम्झौताबारे जानकारी गराउन सरकारसँग माग गरेको छ ।

व्यवस्थापिका संसदको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै एमालेका सांसद भतरमोहन अधिकारीले त्रिपक्षिय सम्झौतामा भएका विषयहरु प्रधानमन्त्रीले जानकारी गराउनु पर्नेमा जोड दिनुभयो । उहाँले ब्रिक्स सम्मेलनका बेला त्रिदेशिय आर्थिक करिडोर बनाउने भन्ने खबर आएकाले त्यसबारे पनि जानकारी गराउन माग पनि गर्नु भएको छ ।

सरकारले पारवहन लगायत सम्झौता पालना नगरेकै कारण चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको उहाँको आरोप छ ।

तपाईको प्रतिक्रिया