Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – प्रधानमन्त्री पुष्पमल दाहालले गोवा सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङसँग मात्रै भेट हुनुलाई ढुङ्गा खोज्दा देउता मिलेको जस्तै संयोग भएको बताउनुभएको छ ।

????????????????????????????????????

गोवामा भएको ब्रिक्स–बिमिस्टेक सम्मेलनमा भाग लिएर सोमबार स्वदेश फर्किएका क्रममा प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै ‘मलाई चीनका राष्ट्रपतिसँग वान टु वान कुरा गर्न मन थियो तर संयोगले उहासँग भेट हुँदा मलाई ढुङ्गा खोज्दा देउता मिलेजस्तै भयो।’

चिनियाँ राष्ट्रपतिसँग झण्डै तीस मिनेट नेपालको हितको बारेमा सिधा कुरा भएको दाहालले बताउनुभयो ।

चिनियाँ राष्ट्रपतिसँग कुराकानी भइरहेको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी प्रवेश गरेपछि त्रिदेशीय छलफल गर्ने अवसर मिलेको भन्दै उहाँले भन्नुभयो, ‘दुई विशाल छिमेकीको बीचमा नेपाल छ अहिले म पनि बीचमा नै छु हामी तपाईँहरुको आर्थिक उन्नतिको फाइदा उठाउन चाहन्छौं भनेर मैले दुई देशका प्रमुखलाई भने।’

त्रिदेशीय साझेदारीको बिषयमा समेत कुराकानी भएको दाहालले दावी गर्नुभयो । नेपाल अहिले संविधान कार्यान्वयनको चरणमा रहेको भनेर आफुले भन्दा दुबै देशका प्रमुखहरुले यसलाई समर्थन जनाएको समेत उहाँले बताउनुभयो ।

दुई देशका प्रमुखहरूसँग एकैसाथ भेट हुनु नेपाल र नेपालीका लागि गर्वको कुरा भएपनि यसलाई मिडियाले नकरात्मक रुपमा हल्ला चलाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया