Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

पर्वत  –  देशकै पहिलो व्यावसायिक यान्त्रिक पुलले यस वर्षको दसैँमा ८ लाख ४१ हजार रुपैयाँ कारोबार गरेको छ । कुस्मा–बलेवा यान्त्रिक पुल लिमिटेडले केवुलकार मोडलमा निर्माण गरेको यान्त्रिक पुलले दसैँको प्रतिपदादेखि पूर्णिमासम्ममा ८ लाख ४१ हजार रुपैयाँ कारोबार गरेको हो ।

yantrik

कुस्मा बलेवा यान्त्रिक पुल लिमिटेडले दिएको जानकारी अुनसार दसैँको प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म कारोबार उत्सासहजनक रुपमा भएको हो । गएको वर्ष पनि दसैँको समयमा १० लाख ८३ हजार रुपैयाँ आम्दानी गरेको यान्त्रिक पुलले यस वर्ष पनि राम्रो आम्दानी गर्न सफल भएको यान्त्रिक पुल लिमिटेडका कार्यालय प्रमुख चिरञ्जिवी रेग्मीले जानकारी दिनुभयो ।

यान्त्रिक पुलको सञ्चालनसँगै एक घण्टाको यात्रा ७ मिनेटमा छोटिएको छ । केबलकार मोडेलमा निर्माण गरिएको यस पुलबाट यात्रा गर्नका लागि एकतर्फी भाडा एक सय रुपैयाँ तोकिएको छ । बागलुङको वेलवा क्षेत्रका बासिन्दाका लागि ७५ रुपैयाँ तोकिएको छ ।

तपाईको प्रतिक्रिया