Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

कञ्चनपुर – प्रयोगशाला परिक्षण नगरी भारतबाट केरा नेपाल आयात गरिएको भन्दै कैलाली र कञ्चनपुरका केरा किसानले आन्दोलन गरेका छन् । उनीहरुले सोमबार विरोध स्वरुप पश्चिमी सीमानाका गड्डाचौकीमा रहेको भन्सार कार्यालयको गेट अगाडी केराका घरी तेर्साएर विरोध गरेका हुन् ।

भारतीय अखाद्य केरा नेपाल भित्र्याउन भन्सार क्षेत्रमा रहेको नेपाली अधिकारीहरु नै सक्रिय भएको भन्दै कञ्चनपुर कैलालीका केरा किसानले सांकेतिक आन्दोलन गरेका छन् ।

खेतबारीमा रहेका केरा कुहिएर खेर गइरहेका बेला भारतीय केराले नेपाली बजार धरासायी बनाएको विरोधमा केरा किसान आन्दोलित भएको कैलाली कञ्चनपुर केरा व्यवसायी विकास समितिले जनाएको छ । केरा किसान तथा व्यवसायीले सरकारले आफूहरुको समस्या नबुझेको र भारतीय केरालाई प्रोत्साहन गरेको कञ्चनपुरका केरा किसान सुरेन्द्र चौधरीले आरोप लगाउनुभयो ।

भारतबाट आउने केरा केही सस्तो भएकाले चाँज नगरी भित्रिन थालेपछि नेपाली केरा कृषकहरु मारमा परेको उहाँले बताउनुभयो । नेपाली केरा भारत निर्यात गर्दा क्वारेन्टाइन गर्नुपर्ने कानुनी प्रावधान भएपनि भारतीय व्यवसायीले क्वारेन्टाइन नगरेरै धमाधम केरा नेपाल पठाउँदा समस्या भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

यस्तै इलम हेल्भटासका व्यवसाय क्षेत्रीय संयोजक टेकबहादुर सिंहले ल्याब टेस्ट नगरी केरा नेपाल आउनु विडम्बना भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनुभयो । कञ्चनपुर कैलालीका केरा किसानले आफूहरुको माग भारतबाट आयात हुने केरालाई आफूहरुले बन्द गर्न नभइ कानुन सम्बद्ध तरिकाले केराको ल्याब परिक्षण गरेर भित्रिनुपर्ने रहेको बताएका छन् ।

कञ्चनपुरमा ३ सय ५० हेक्टर भन्दा बढी जमिनमा व्यावसायिक रुपमा केरा खेती गरिएको छ । हहिले कञ्चनपुरमा ५ सय ७ किसान व्यवसायिक केरा खेतीमा लागेका छन् ।

तपाईको प्रतिक्रिया