Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – नुवाकोट केन्द्रविन्दु भएर सोमबार बिहान परकम्प गएको छ । बिहान १० बजेर ३ मिनेट जाँदा नुवाकोट केन्द्रविन्दु भएर चार रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो गएको वर्षको वैशाख १२ मा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प रहेको केन्द्रले जनाएको छ ।

यसअघि बिहान सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको थियो । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार दार्चुलाबाट ३५ किलोमिटर भारतको सिमानामा भूकम्म गएको हो ।

तपाईको प्रतिक्रिया