Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

ब्राजिल – ब्राजिलको एक जेलमा कैदीका दुई समूहबिच झडप हुँदा कम्तिमा २५ जना कैदीको ज्यान गएको छ । क्षमता भन्दा बढी कैदी रहेको ब्राजिलको उत्तरी राज्य रोराइमाको राजधानी बोए भिस्टाको जेलमा कैदीका दुई समूहबिच झडप भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

कैदीबन्दीलाई उनीहरुका आफन्तसँग भेट्नका लागि दिइएको समयमा भिडन्त भएको हो । कैदी बन्दीले बन्धक बनाएका एक सयजनालाई मुक्त गरिएको छ । झडप अहिले नियन्त्रणमा आएको छ । ज्यान जानेको संख्या अझै बढ्न सक्ने राज्य सरकारले जनाएको छ ।

दुई समूहका कैदी बन्दीले चक्कु तथा लौरीले एकअर्कामाथि आक्रमण गरेका थिए । सात सय ४० कैदीको क्षमता रहेको जेलमा अहिले १४ सय भन्दा धेरै कैदी थिए । ब्राजिल विश्वमा सबैभन्दा धेरै कैदी हुने देशमा चौथो स्थानमा छ । ब्राजिलमा अहिले झण्डै ६ लाख कैदी बन्दी छन् ।

तपाईको प्रतिक्रिया