Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

महोत्तरी – महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकामा आइतबार राजनीतिक दलको एक समूहले तालाबन्दी गरेको छ ।

जलेश्वर नगरपालिकाले एक महिनाअघि बर्खास्त गरेका इन्जिनियर पवनकुमार झा २०÷२५ जनाको समूहमा नगरपालिकामा आई कर्मचारीलाई गाली बेइज्जती गर्दै जबर्जस्ती हाजिर गर्न खोज्दा त्यसको विरोध गर्दै समूहले तालाबन्दी गरेको हो ।

बर्खास्त भएका इन्जिनियसँगै आएका सबैमाथि कडा कारबाहीको माग गर्दै विभिन्न दलका प्रतिनिधिले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

आइतबार बिहान कार्यालय खुल्ने बित्तिकै गरिएको तालाबन्दी बर्खास्त इन्जिनियरसहित कार्यालयमा अमर्यादित क्रियाकलाप गर्ने सम्पूर्ण व्यक्तिमाथि कारबाही नहुन्जेल यथावत् रहने राजनीतिक दलले संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका छन् । बर्खास्त गरिएका झाले भने आफू बर्खास्त नभएको र नियमपूर्वक मन्त्रालयले दिएको पत्रका आधारमा आफू हाजिर भएको जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया