Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – विभिन्न भूमिगत विद्रोही समूहको कमाण्डर भन्दै ठगी गर्दै आएका बैकुण्ठ बेल्बासे पक्राउ परेका छन् । बेल्बासेले आफूलाई अलकायदा विश्व संगठन नेपाल, सशस्त्र अग्निज्वाला, सशस्त्र डिफेन्स आर्मी फोर्स र टाइटर मुक्ती मोर्चाको कमाण्डर भन्दै चन्दा आतंक मच्चाएको प्रहरीले जनाएको छ ।

उनले अग्निचट्टान, विवश, असिना उपनाम रोखेर विभिन्न मोबाइलबाट फोन गर्दै व्यापारीलाई धम्क्याउँदै आएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ ।

अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौंको मनमैजुबाट पक्राउ गरेको बेलबासेलाई कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकुमा पठाइएको अपराध महाशाखाले जनाएको छ ।

अर्घाखाँचीको सिद्धारा–३ घर भएका बेल्बासे मनमैजु बस्दै आएका थिए । बेल्बासे यस अघि पनि अपहरण गरेको अभियोगमा २७ महिना जेल बसी गएको वर्ष भदौ २७ गते जेल मुक्त भएका थिए ।

तपाईको प्रतिक्रिया