Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

पोखरा – प्रसिद्ध शक्तिपीठ तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) का दिन अत्याधिक दर्शनार्थी आउने भएका कारण आज लाग्ने मेलालाई कोजाग्रत पूर्णिमा मेलाका रुपमा लिने गरिएको छ । तालबाराही मन्दिर संरक्षण समितिका पूर्व सदस्य महेन्द्र श्रेष्ठका अनुसार मेलामा सहभागी हुन र तालबाराहीको दर्शन गर्न आजको दिन वर्षभरिमा नै सबैभन्दा बढी मानिस आउने गरेका छन् ।

प्राचीनकालदेखि नै कोजाग्रत पूर्णिमाका दिन अत्याधिक दर्शनार्थी आउने गरेका कारण बिहान सबेरैदेखि बेलुकासम्म डुङ्गा व्यवसायीलाई भ्याइनभ्याइ हुने गरेको छ । फेवातालको बीच भागमा मन्दिर रहेको र तालमा माछापुच्छेको छाया देखिने भएका कारण मन्दिर धार्मिक पर्यटनको विशिष्ट गन्तव्यका रुपमा आकर्षण बन्दै गएको छ ।

दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका दिन घर घरमा जमरा सेलाउने प्रचलन छ ।

तपाईको प्रतिक्रिया