Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको गोबामा हुने ‘ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलन’मा सहभागी हुन आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको छ । आजैदेखि सुरु हुने दुईदिने उक्तसम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल १८ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जानुभएको हो ।

k|wfgdGqL k'iksdn bfxfn k|r08 ef/tsf] uf]jfdf x'g] la|S; ;Dd]ngdf ;xefuL x'g hfg clw  lqe'jg ljdfg:yndf labfOsf] xfn xNnfpg' x'b}  . tl:a/ M k|bLk/fh jGt,/f;;

प्रधानमन्त्री दाहाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री विमलेन्द्र निधिले बिदाइ गर्नुभएको थियो । यसअघि प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रधानमन्त्री दाहालको बिदाइका लागि मन्त्रिगण, नेकपा (माओवादी केन्द्र)का नेता, नेपाल सरकारका उच्चपदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख विमानस्थल पुग्नुभएको थियो । प्रधानमन्त्री दाहालले बिमस्टेक सदस्य राष्ट्रका राष्ट्र÷सरकार प्रमुखको बैठक एवम् ब्रिक्स बिमस्टेक विस्तारित सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । सोक्रममा प्रधानमन्त्री दाहालले नेपालको आवश्यकता र हितलाई पूरा गर्नेतर्फ सम्मेलनलाई बढीभन्दा बढी सदुपयोग गर्नुहुनेछ । सम्मेलनले दुई समूहबीच साझेदारीका क्षेत्र पहिल्याउन महत्वपूर्ण अवसर प्रदान गर्ने आशा गरिएको छ ।

k|wfgdGqL k'iksdn bfxfn k|r08 ef/tsf] uf]jfdf x'g] la|S; ;Dd]ngdf ;xefuL x'g hfg nfUg' ePsfn] lqe'jg ljdfg:yndf labfO ub}{ pkk|wfg tyf u[xdGqL ljdn]Gb| lglw . tl:a/ M k|bLk/fh jGt,/f;;

प्रधानमन्त्री दाहाल सम्मेलनअघि आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा समेत सहभागी हुनुहुनेछ । सार्क क्षेत्रका बिमस्टेक सदस्य राष्ट्रलाई ब्रिक्स सम्मेलनमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइएको हो ।

k|wfgdGqL k'iksdn bfxfn k|r08 ef/tsf] uf]jfdf x'g] la|S; ;Dd]ngdf ;xefuL x'g hfg nfUg' x'b} . tl:a/ M k|bLk/fh jGt,/f;;

दक्षिण एसियाबाट नेपाल, भारत, भुटान र श्रीलङ्का उक्त सम्मेलनमा सहभागी हुनेछन् । बिमस्टेक सदस्य राष्ट्र तथा सरकार प्रमुखको रिट्रिट बैठकमा आतङ्कवाद नियन्त्रण गर्ने र वातावरण परिवर्तनका असरलाई सम्बोधन गर्ने, प्राकृतिक प्रकोप व्यवस्थापन गर्ने, सदस्य राष्ट्रबीच सम्पर्क सञ्जाल विस्तार गर्ने, कृषि, ऊर्जा, व्यापार, प्रविधि, पर्यटन एवम् गरिबी निवारणजस्ता क्षेत्रमा सहयोग विस्तार गर्ने एवम् जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुनेछ ।

ब्रिक्स ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सदस्य राष्ट्र रहेको अन्तर्राष्ट्रिय मञ्च हो भने बिमस्टेक दक्षिण र दक्षिण पूर्वी एसियाली मुलुकबीच साझा सरोकारका विषय छलफल गर्न खडा गरिएको समूह हो जसमा बङ्गलादेश, भुटान, भारत, म्यान्मा, श्रीलङ्का र थाइल्यान्ड सदस्य छन् ।

ब्रिक्सले निर्माण, उत्तरदायित्व, समावेशिता, सामूहिकता र समाधानका विषय मुख्य उद्देश्य बनाउँदै पारस्परिक हितका विषयमा सामूहिक तवरले सम्बोधन गर्ने लक्ष्य लिएको छ । यस वर्षको ब्रिक्स सम्मेलनको नारा ‘जिम्मेवारीपूर्ण निर्माण र समावेशी तथा सामूहिक समाधान’ रहेको छ ।

प्रधानमन्त्री दाहालको नेतृत्वमा रहने भ्रमण दलमा उहाँकी धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा महत, परराष्ट्र सचिव शङ्करदास वैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालगायत हुनुहुनेछ । प्रधानमन्त्री दाहाल सम्मेलनमा भाग लिएर आगामी कात्तिक १ गते स्वदेश फर्कनुहुने छ ।

तपाईको प्रतिक्रिया