Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको एक सय नौ रनको लक्ष्य थइल्याण्डले १८ दशमलव चार ओभरमा एक विकेट बाँकी हुँदा भेट्टायो ।

यो हारसँगै नेपालको विजेता बन्दै वर्ल्ड क्वालिफायरमा पुग्ने सम्भावना टरेको छ । थाइल्याण्डकी चानिदा सुथिरुआङले २७ तथा नाताकान चान्तमले २३ रन बनाइन् । नेपालकी करुणा भण्डारीले चार तथा रुबिना बेलबासे र सीता राना मगरले दुई दुई विकेट लिए ।

यसअघि हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय आठ रन बनायो । नेपालकी नेरी थापाले नटआउट ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले नटआउट १० रन बनाइन् । चार खेल जीतेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा कामय छ ।

बिहीबार भएको खेलमा नेपालले  हङकङलाई ६ रनले हराएको थियो । नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको थियो ।

पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । नेपालले अब चीनसँग खेल्न बाँकी छ ।

तपाईको प्रतिक्रिया