Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – आइसिसी महिला विश्व कप क्रिकेटको एसियाली छनौटमा नेपाल अहिले थाइल्याण्डलाई एक सय नौ रनको लक्ष्य दिएको छ । हङकङ क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक सय आठ रन बनायो ।

नेपालकी नेरी थापाले नटआउट ३२, इन्दु वर्माले २६, निर्मला कुमारी शाहीले २०, ज्योती पाण्डेले १३ तथा रुबिना बेलबासेले नटआउट १० रन बनाइन् । थाइल्याण्डले लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गर्दैछ ।

समूहको शीर्षस्थानमा रहेको थाइल्याण्डसँगको खेल नेपालका लागि महत्वपूर्ण छ । यो खेल जितेमा नेपालले थाइल्याण्डसँग अंक बराबरी गर्ने छ ।

यसअघि बिहीबार भएको खेलमा नेपालले  हङकङलाई ६ रनले हराएको थियो । हङकङसँगको जितपछि नेपालको विश्वकप छनौट खेल्ने सम्भावना कायम छ । समान ४ खेलबाट थाईल्याण्डको ६ तथा नेपाल र हङकङको चार अंक छ । चीनको भने दुई अंक मात्र छ ।

नेपालले मंगलबार भएको तेस्रो खेलमा चीनलाई २० रनले हराएको थियो । पहिलो खेलमा नेपाल आयोजक हङकङसँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो ।

तपाईको प्रतिक्रिया