Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

टोकियो – एनआरएन कान्तोको आयोजना र नेपाल जापान विद्यार्थी समाजको सहयोगमा हुन लागेको विद्यार्थी सेमिनारको तयारी अन्तिम चरणमा पुगेको छ ।

japan

कार्यक्रमको अन्तिम छलफलको रूपमा यही आइतवार एनआरएन जापानको कार्यालयमा छलफल राखिएको कार्यक्रम संयोजक तथा एनआरएन कान्तोका संयोजक प्रकाश थापाले जानकारी दिनुभएको छ ।

अन्तिम छलफल यही अक्टोवर १६ तारीख आइतवार दिनको १:३० बजेबाट एनआरएन जापानको कार्यालय ओकूबोमा गर्न लागिएको जानकारी गराइएको छ । विद्यार्थीहरूका लागि धेरै लाभदायक मानिएको यस कार्यक्रममा जापानमा धेरै बुझेका, जापानमै अध्ययन गरी विभिन्न क्षेत्रमा आफ्नो कार्यथलो बनाई काम गर्दै आएका सेम्पाइहरूसंगको प्रत्यक्ष बहस कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको छ ।

कार्यक्रममा डा.विजय ज्ञवाली, दिनेश रतला जोशी, यशु बस्नेत, जापानीज काचूइ सुजुकी, जापानीज थागूची, मनिष बज्राचार्य, सचिन राई, विश्वशेर रेग्मी, सन्तु लामा र प्रकाश थापासंग दुई चरणमा अंतरंग कुराकानी गर्न सकिनेछ ।

सेमिनार कार्यक्रम अक्टोवर २३ तारीख आइतवार दिनको ठीक २ बजेबाट ओच्यानो मिजूउमामा रहेको डिजिटल हलियुड़ विश्वविद्यालयमा हुनेछ । कार्यक्रममा सहज रूपमै उपस्थित हून सकिने भएकोले यस महत्वपूर्ण कार्यक्रममा समय मिलाएर उपस्थित हुन आयोजकको तर्फबाट विशेष आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया