Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

हङकङ – स्थानीय युनलोङ टाउन हल स्थित हेभेन्ली पाथ संस्थाको दशौं वार्षिक उत्सव हेभेन्ली निर्माणापाथ प्रेमवादका प्रतिपादक दार्श्निक गुरु ओम नन्द (गडएन्जल) को समुपस्थितिमा सुसम्पन्न भएको छ ।

screenshot_2016-10-12-11-42-06

गुरु गडएन्जलद्वारा सवैलाई विजया दशमीको शुभकामना र आर्शिवाद दिनुहुदै हामी आफू कसैमा भएको महिसाशुर, कंश या राक्षसी नकरात्मक विचारलाई त्याग्दै हरेक जातजाती, विविध धार्मिकहरू मात्र नभएर समस्त प्राणीजनको रक्षार्थ हिंसा, भोकवलीको नियन्त्रण गरि सवैलाई एक शुत्रमा वांध्ने मुख्य हत्यारा भनेकै प्रेम हो“ भनि छोटो प्रवचन दिनुभएको थियो ।

screenshot_2016-10-12-11-39-33

एशियाली मुलुकको कलाकारहरुद्वारा विभिन्न सांस्कृतिक नृत्य भेषभुषा प्रस्तुत गरिएको उक्त कार्यक्रममा ईन्डोनेशियन, चाईनिज, ईन्डियन लगायत नेपालका विभिन्न जातजातिहरूमा लिम्वूका केलाङ, राईका साकेला, तामाङको शेलो, मगरको कौरा, नेवारी वाजा आदि देखाईएको उक्त मनोरञ्जनात्मक कार्यक्रमको सभापतित्व ओम ब.(चेत प्रकाश) गुरूङले गर्नुभएको थियो ।

screenshot_2016-10-12-11-32-33

प्रमुख अतिथि नेपाली महासंघकी अध्यक्ष रिता गुरुङ, विशेष अतिथिहरु नववुद्व आमा समुहकी अध्यक्ष पदम कुमारी गुरूङ, किरात याक्थुङ चुम्लुङका अध्यक्ष त्रिभुवन लुम्फुङ्वा लगायत अन्य संघ संस्थाका पदाधिकारीहरूद्वारा पटेका पट्काएर समुद्घाटन गरिएको सो कार्यक्रममा नेपाली समाजमा रहेर विभिन्न क्षेत्रमा उच्च योगदान पुर्याउने प्रतिष्ठित व्यक्तिहरुलाई अभिनन्दन गरिएको थियो ।

screenshot_2016-10-12-11-31-33

जस्मा सामाजिक सेवामा एकिकृत नेपाली समाजका अध्यक्ष विनय जंग शाह, खेलकुद क्षेत्रमा विश्व अल्ट्रा धावक सन्तोष विश्वास पाख्रिन, शिक्षा क्षेत्रमा देवराज राई र अमोद राई, चित्रकला क्षेत्रमा दीपेन्द्र राई लगायत हङकङको सेकेण्डरी (एसएलसी) टपर विध्यार्थी, ७५ वर्ष माथिका जेष्ठ नागरिक एंव प्रत्येक सहभागी कलाकारहरुलाई गुरु गडएन्जलको वाहुलीवाट सम्मान प्रशंसा पत्रले विभूषित गरिएको थियो ।

दशौं वार्षिकोत्सव रत्न खिम्दिङको संयोजकत्वमा सम्पन्न भएको सो सभालाई सह संयोजक चन्द्र मादेन आन्छनद्वारा स्वागत मन्तव्य दिईएको थियो । नेपालीहरुको दशैंको चाड र हङकङ सार्वजनिक विदाको दिन परेकोले साहित्यकार, समाजसेवी, शिक्षक, विध्यार्थी, पत्रकार, वुद्विजिवी र सर्वसाधारणको वाक्लो उपस्थितिले गर्दा उपस्थित भिंडलाई नियन्त्रण गर्न आयोजकहरुलाई हम्मे हम्मे परेको थियो ।

तपाईको प्रतिक्रिया