Deneme Bonusu Veren Siteler
शुक्रबार, आश्विन ०४, २०८१
Friday, September 20, 2024

काठमाडौं – आईसीसी महिला विश्वकप २०१७ को एशियाली छनोट खेल अन्तर्गत नेपालले आज हङकङको सामना गर्ने भएको छ ।

पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको नेपालले दास्रो चरणको खेलमा आज दिउँसो पौने १२ बजे हङकङको कोलुनमा फेरि भिड्न लागेको हो ।

यसअघिका तीन खेलमध्ये नेपालले हङकङ र थाइल्याण्डविरुद्ध पराजय बेहोर्दा चीनविरुद्ध भने जित निकालेको थियो ।
रुविना क्षेत्रिको नेतृत्वमा रहेको नेपाली टोलीले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै बदला लिने तयारीमा रहेको छ ।

डबल लिगका आधारमा जारी छनोट खेलमा नेपालले आगामी यात्रा सुरक्षित गर्न आजको खेल जित्नै पर्ने बाध्यतासमेत रहेको छ ।

तपाईको प्रतिक्रिया