Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – दसैँ मान्न घर गएकाहरु फर्किन थालेपछि शहर र सडकमा चहलपहल बढ्न थालेको छ । टीकाको दिन झण्डै सुनसानजस्तै भएको काठमाडौं उपत्यकामा बुधबारदेखि केही चहलपहल बढेको हो । काममा फर्कने र टीका थाप्न जानेहरुका कारण गाडीमा घुईंचो छ ।

दसैँअघि काठमाडौंबाट बाहिरिने गाडीमा घुईंचो भएकोमा अहिले काठमाडौं फर्किने गाडीमा बढी घुईंचो देखिन्छ । दसैँ बिदापछि शुक्रबार सरकारी कार्यालय खुल्ने र पर्सि शनिबार भएकाले पर्सिसम्म घुईंचो अझ बढ्ने यातायात व्यवसायीले बताएका छन् ।

कतिपय यात्रुले गाडी नपाएको गुनासो गरेका छन् । गाडी भएमा पनि सिट नपाउँदा समस्या भएको छ । राजमार्गमा गुड्ने गाडीले छतमा यात्रु नराखेपनि ग्रामीण क्षेत्रमा गुड्ने गाडीले भने क्षमता भन्दा धेरै यात्रु राख्ने गरेका छन् । सिट क्षमताभन्दा धेरै यात्रु राख्नेलाई प्रहरीले कारवाही गरेपछि राजमार्गमा चल्ने गाडीले यसपटक छतमा यात्रु राख्न नपाएका हुन् ।

तर ग्रामीण क्षेत्रका सडकमा प्रहरी नबस्ने भएकाले त्यहाँ चल्ने गाडीले छतमा समेत यात्रु राख्ने गरेका छन् । गाडी कम भएको र जसरी पनि पुग्नुपर्ने भएकाले जोखिम मोलेरै भएपनि यात्रा गर्न बाध्य भएको यात्रुहरु बताउँछन् ।

प्रहरीले कडाई गरेपनि कतिपय गाडीले दोब्बर तेब्बर भाडा लिने गरेका छन् । गाडीले तोकिएको भन्दा बढी भाडा लिएमा खबर गर्न प्रहरीले आग्रह गरेको छ । सरकारले तोकेको भाडादरको विवरण प्रहरीले ठाउँठाउँमा राखेको छ । तर जसरी पनि पुग्नुपर्ने यात्रुको बाध्यताको फाइदा उठाउँदै केही गाडीले बढी भाडा लिएका छन् । कतिपय सडक बिग्रिएको कारण पनि यात्रा कष्टकर हुने गरेको छ ।

तपाईको प्रतिक्रिया