Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

susi-wasabiटोकियो – ओसाकामा रहेको एक सुसी रेष्टुरेन्टले बिदेशी पर्यटकलाई अस्वभाविक मात्रामा बढी वासाबी राखेको भन्दै क्षमायाचना गरेको छ । एक जना कोरियाली पर्यटकले सो सम्बन्धी एक भिडियो सार्बजनिक गरेपछि रेष्टुरेन्टले क्षमायाचना गरेको हो । इचिवाजुसी नाम गरेको रेष्टुरेन्टको नान्बा ब्राञ्चमा बिदेशी पर्यटकहरुलाई करिब १ बर्षअघि देखि सामान्य भन्दा बढि मात्रामा वासाबी राखेर दिने गरेको समाचारमा उल्लेख छ । सो रेष्टुरेन्टका कर्मचारीले त्यहाँ आउने बिदेशीहरुले सुसीमा बढि वासाबी राखेर दिन अनुरोध गर्ने गरेकोले सबैलाई त्यसरी नै दिने गरिएको बताए पनि कोरियाली पर्यटकले भने बिदेशीलाई भेदभाव गरेको भन्दै यस्तो कार्यको बिरोध गरेका थिए ।

सम्बन्धित सुसी रेष्टुरेन्टले आफुहरुको बिदेशीहरुलाई भेदभाव गर्ने कुनै सोचाई नभएको र यसबाट पर्न गएको असुबिधाप्रति सम्बन्धित सबैमा आफ्नो होमपेज मार्फत क्षमायाचना गरेको छ । बिदेशी पर्यटकहरुलाई आकर्षित गर्दै बिभिन्न खालका नयाँ नीतिहरु ल्याउँदै गरेको जापानमा यस्तो प्रतिक्रिया आउँदा सम्बन्धित क्षेत्रका ब्यवसायीहरुमा केहि चिन्ता छाएको बिश्लेषकहरु बताउँछन् । ***

तपाईको प्रतिक्रिया