Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

रसुवा  – मोटरसाइकलले ठक्कर दिँदा रसुवाको हाकु–३ का पाँच वर्षका रूविन तामाङ घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यलय रसुवाका प्रहरी निरीक्षक प्रमेश विष्टका अनुसार धुन्चेबाट स्याफ्रुका लागि छुटेको बा ६८ प ८४७३ नम्बरको मोटरसाइकलले धुन्चे बजारमा रुविनलाई ठक्कर दिएको हो ।

रुविनको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

तपाईको प्रतिक्रिया