Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

गुल्मी – अधिकांश नेपालीले देशविदेशमा मनाउने दशैलाई मुलुकका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहिस्कार रहेका बेला काँग्रेस नेता चन्द्र भण्डारीले भने गुल्मी बलिथुम गाबिसको बोटे बस्तीमा दशै रौनकता बढाईदिनु भएको छ ।

1

बडादशैको टिकोको दिन उहाँले बोटे समुदायका झण्डै ६ सय जनासँग दशै मनाउनु भएको हो । कांग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नम्बर दुईका सभासद समेत रहनु भएका भण्डारीले उनीहरुको इच्छा अनुसारको खानपिन गराउनु भएको थियो सवैलाई दत्तिणा र बालबालिकालाई शैक्षिक सामग्रहहरु प्रदान गर्नु भएको थियो ।
2

“बच्चाहरुको विशेष ब्यबस्थाका लागि बिद्यालयहरुलाई २० हजार रुपैया रकम प्रदान गर्न पाउदा धेरै खुशी लागेको छ । दशैटिका कार्यक्रममा उपस्थीत हुनु भएका स्थानीय माझी समुदाय सहित अन्य विभिन्न जातजातिका आमावुवा, दिदीवहिनी र दाजुभाईहरुको मुहारमा देखिएको खुशीयालीले मलाई निकै सन्तोष र आनन्द लागेको छ,” भण्डारीले भन्नुभयो ।
उहाँले कुनैपनि राजनितिक नेताले हरेक दृष्टीकोणबाट गाँउ, समाज र आमनागरिकलाई अविभावकत्व महशुष गराउनु पर्ने भएकाले आफु वोटे बस्तीमा अविभावकत्व प्रदान गर्न गएको बताउनु भयो ।

3

विपन्न परिवारको घरमा महान् चाड दशैको खुशी थपेर नयाँ संस्कृतिको सुरुवात गर्ने सानो प्रयास मात्रै गरेको नेता भण्डारी भनाई छ । उहाँले राजनितिक नेतृत्व पारिवारीक घेरा भन्दा माथी उठ्नु पर्ने बताउनु भयो ।

गुल्मीको हुँगा गाविसका स्थायी बासिन्दा भण्डारीले संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएदेखि नै झण्डै एक दर्जन विद्यालयलाई प्रति विद्यालय बार्षिक २० हजार रुपैया बराबरको शैक्षिक सामग्री र २० हजार रुपैया नगद दिने गर्नु भएको छ ।

त्यसैगरी जिल्लाका १५ जना विद्यार्थीलाई शैक्षिक शुल्क, व्यक्तिगत खर्च रकम गरी प्रत्येकलाई बार्षिक रुपमा झण्डै तीस हजारको दरले सहयोग प्रदान गर्दै आउनु भएको छ ।
काठमाडौंमा पाँच जनालाई आवासिय सुविधा सहितको निःशुल्क पढाईको व्यवस्था, काठमाडौमै झण्डै २० जनाको शैक्षिक शुल्क तिरिदिने व्यवस्था र अछाम तथा रामेछापका तीन बच्चालाई आर्थिक सहयोग गर्नेगरेको भण्डारीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया