Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – बडादशैंअन्तर्गत टिकाको दोश्रो दिन आज पनि नेपालीहरुले मान्यजनबाट टीका, जमरा ग्रहण गरी आशिर्वाद लिने क्रम जारी छ । दशमीको दिन मान्यजनबाट टिका लगाउन नभ्याउनेले आज एकादशीका दिन टीका लगाउने चलन छ ।

बिशेष गरी टाढाटाढा रहेका आफन्तहरु दशमीको दिन मात्र भेट हुन नसक्ने भएकाले आज पनि टिका लगाउने गरिएको हो । प्रतिपदाबाट सुरु गरिएको पूजा आराधना दशमीको दिन नै बिसर्जन गरिए पनि कोजाग्रत पूर्णिमासम्म टिका ग्रहण गर्ने प्रचलन छ ।

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने यस पर्वअन्तर्गत नवरात्रिका उपलक्ष्यमा नौ दिनसम्म विभिन्न शक्तिपीठ तथा दशैंघरमा प्रत्येक दिन पूजाअर्चनासहित दुर्गा सप्तशती चण्डी र भवगतीको स्तोत्रपाठ समेत गर्ने चलन छ ।

तपाईको प्रतिक्रिया