Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं – अबको एक हप्ताभित्र यो वर्षको मनसुन सकिने मौसमविदले बताएका छन् । देशको पश्चिमी क्षेत्रबाट मनसुन सकिँदै गएको र केही दिनमा पूर्वी क्षेत्रबाट बाहिरिने मौसमविद समिर श्रेष्ठले बताउनुभयो ।

मंगलबार रातिदेखि नै पूर्वी क्षेत्रबाहेक देशका अधिकांश स्थानको मौसम सफा रहेको मौसमविदले श्रेष्ठले बताउनुभयो । बुधबार पनि अधिकांश ठाउँको मौसम सफा रहेको मौसमविदको भनाई छ ।

पूर्वी क्षेत्रमा भने आंशिक बदली हुने र पूर्वी पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सकिने क्रममा रहेकाले अब दिनप्रति दिन मौसम खुल्दै जाने मौसमविद श्रेष्ठले बताउनुभयो । काठमाडौं उपत्यकाको मौसम पनि आज दिनभर सामान्य रहेने छ ।

तपाईको प्रतिक्रिया