Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

foreigners-in-japanटोकियो – जापानको कानुन मन्त्रालयले सार्बजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार बिभिन्न भिसामा जापानमा बसोबास गर्ने बिदेशीहरुको संख्या २३ लाख नाघेको छ । यससंगै जापानमा बिदेशीहरुको संख्याले नयाँ कीर्तिमानी कायम गरेको छ ।

गत जुन मसान्तको तथ्याङ्क अनुसार ३ महिना भन्दा बढिको भिसा लिई जापान बसोबास गर्ने बिदेशीहरुको संख्या २३ लाख ७ हजार ३ सय ८८ जना रहेको जापानी सञ्चार माध्यमहरुले जनाएका छन् । सो संख्या गत बर्षान्तको तुलनामा ७५ हजार १ सय ९९ जनाले बढि रहेको छ । यस मध्ये सबैभन्दा बढि चिनिया नागरिकहरु रहेको छ । सो संख्या ६ लाख ७७ हजार ५ सय ७१ जना रहेको छ । चिनियाहरुको संख्यामा गत बर्षो तुलनामा ११ हजार ७ सय २४ जना बृद्धि भएको तथ्याङ्कमा जनाईको छ । त्यसैगरी जापान बसोबास गर्ने बिदेशीहरुको संख्यामा कोरियन दोश्रो स्थानमा परेको छ भने फिलिपिनी तेश्रो स्थानमा छ । सो संख्या क्रमश ४ लाख ५६ हजार ९ सय १७ जना र २ लाख ३७ हजार १ सय ३ जना रहेको छ । अघिल्लो बर्षान्तको तुलनामा कोरियन ८ सय ५५ जनाले घटेको छ भने फिलिपिनी ७ हजार ५ सय ८ जनाले बृद्धि भएको समाचारमा उल्लेख छ ।

जापानमा पछिल्लो समयमा उल्लेख्य संख्यामा बृद्धि भएका बिदेशीहरुमा भियतनामी तथा नेपालीहरु पर्दछन् । पछिल्लो तथ्याङ्क अनुसार जापानमा भियतनामीको संख्या १ लाख ७५ हजार ७ सय ४४ जना छन भने नेपालीको संख्या ६० हजार ६ सय
८९ जना पुगेको छ । सो संख्या अघिल्लो बर्षान्तको तुलनामा भियतनामी २८ हजार ७८८ जना र नेपाली ५ हजार ९१४ जना बृद्धि भएको पनि तथ्याङ्कबाट प्रष्ट हुन्छ ।

जापानमा बसोबास गर्ने बिदेशीहरु मध्ये स्थायी बसोबासको अनुमति अर्थात एइज्यु पाएकाको हिस्सा करिब ३० प्रतिशत रहेको पनि समाचारमा उल्लेख छ । सन् २००८ को आर्थिक मन्दि र २०११ को महाभूकम्प पश्चात एक पटक जापानमा बसोबास गर्ने बिदेशीको संख्यामा कमी आएको भएपनि सो संख्या पुनः बृद्धि भएको हो ।***

तपाईको प्रतिक्रिया