Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

55

सिजुओका – दशैको अवसर पारेर जापानको सिजुओकामा सम्पन्न दशैकप जापानब्यापी फुटसल प्रतियोगिताको उपाधी नेप्लिज नागोया फुट्बल क्लब ले हात पारेको छ ।

11

नेपाली जनसंपर्क समिती जापानको आयोजनामा सम्पन्न प्रतियोगिताको उपाधी बिजेता नागोया फुट्बल क्लबले शिल्ड, नगद ५० हजार हात पारेको छ । नागोया युनिटी गाइज लाई २–० ले पराजित गर्दै नेप्लिज नागोया ले उपाधी कब्जा गरेको हो ।

यो संगै प्रतियोगिता को उपबिजेता बन्दै नागोया युनिटी गाइज ले नगद ३० ह्जार र शिल्ड हातमा चित्त बुझाएको छ ।
सेमिफाइनल मा जनसंपर्क समिति लाई पराजित गर्दै नागोया युनिटी तथा सिजुओका गाइज लाई पराजित गर्दै नेप्लिज नागोया फाइनल मा पुगेका थियो ।

22

प्रतियोगिता मा बेस्ट स्कोर को अवार्ड सिजुओका गाइज का जिबन आले लाइ ,बेस्ट किपर को अवार्ड नेप्लिज नागोया का सन्दिप ओली लाई र बेस्ट प्लेयर को अवार्ड जनसंपर्क समिति जापानका विजय खड्का लाइ प्रदान गरियको थियो ।

33

बिजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली फुट्बलका पूर्व राष्ट्रिय खेलाडी नरेश जोशी, जनसंपर्क समिती जापानका महामन्त्री रेशम डङ्गोल ले संयुक्तरुपमा प्रदान गर्नु भएको थियो । समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी नेपाली फुट्बलका पूर्व राष्ट्रिय खेलाडी नरेश जोशीले बिदेस मा आएर काम अध्ययनका बिचमा पनि खेल प्रती रुचि राखेर समर्पित भएको देख्दा खुशी लागेको बताउनुभएको थियो ।

44

त्यसैगरी जनसंपर्क समिती जापानका महामन्त्री रेशम डङ्गोल ले खेल्कुदका माध्यमले युवाहरुलाई अनुशासित तथा सामुहिकता को भावना जगाउने भन्दै सिजुओका मा चुनौती का बिच मा प्रतियोगिता सफल भएको बताउनु भएको थियो ।

तपाईको प्रतिक्रिया