Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काठमाडौं  – मंगलबार अरु ठाउँको मौसम सामान्यतया बदली भएपनि पूर्वको मौसम भने नखुल्ने मौसमविदले अनुमान गरेका छन् ।

विशेषगरी पूर्वी नेपालसँगै मध्य र पश्चिमका पहाडी क्षेत्रमा क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । पहाडी क्षेत्रमा मौसम बदली भएपनि तराईमा भने सफा हुने उहाँले जानकारी दिनुभयो ।

काठमाडौं उपत्यकाको केहि ठाउँमा क्षणिक पानी पर्ने सम्भावना रहेको मौसमविद कँडेलले बताउनुभयो । उहाँका अनुसार एक ठाउँमा पानी परेपनि नजिकै अर्को ठाउँमा नपर्न सक्छ ।

यस्तो पानी एकैछिनमात्र पर्ने उहाँले बताउनुभयो । मनसुन सकिन लागेकाले अब ठूलो पानी भने नपर्ने अर्का मौसमविद वरुण पौडेलले बताउनुभयो ।

तपाईको प्रतिक्रिया