Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

JP Manch Jpnटोकियो – नेपालीहरुको महान चाड बडा दसैं, दिपावली र छठको अवसरमा टोकियोमा सोमबार मनोरञ्जनात्मक साँगीतिक रमझमसहित दसैतिहार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली जनप्रगतिशील मञ्च जापानको टोकियो क्षेत्रीय कमिटीद्वारा आयोजित सो कार्यक्रममा शुभकामना मन्तब्य दिने वक्ताहरुले दसैं, तिहार, छठ लगायतका नेपाली पर्वहरुको महत्व र बिशेषताका विविध पक्षहरुका बारेमा प्रकाश पारेका थिए ।

नेकपा माओबादी केन्द्रको जापानस्थित भात्तृसंगठन मञ्चको टोकियो क्षेत्रीय कमिटीका अध्यक्ष सम्पूर्ण अधिकारीको सभापतित्व र मञ्चका कार्यबाहक अध्यक्ष हिमाल भट्टराईको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा तत्कालिन मोर्चाका पूर्व अध्यक्षहरु बेलुकाजी थापा र अरुणकुमार श्रेष्ठ, उपाध्यक्ष रामहरि पुंडासैनी, अन्तर्राष्ट्रिय नेपाली समाज (नयाँ शक्ति) जापानका संयोजक पदम ठगुन्ना, एभरेष्ट इन्टर्नेशनल स्कुल जापानका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, जापान नेपाल फ्रेण्डशीप सोसाइटीका अध्यक्ष तादासी यामागीसी, उपाध्यक्ष कर्फ्यू शेर्पा, मञ्चका कार्यबाहक अध्यक्ष हिमाल भट्टराई, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष तिलक मल्ल, हाल जापान भ्रमणमा रहनुभएका भुवनप्रसाद श्रेष्ठलगायतका हुनुहुन्थ्यो ।

लोकतन्त्र प्राप्तीका लागि बिभिन्न आन्दोलनहरुमा सहादत प्राप्त गर्ने ज्ञात अज्ञात सहिदहरुको सम्मानमा गरिएको १ मिनेट मौन धारणबाट सुरु भएको सो शुभकामना आदान प्रदान कार्यक्रममा क्षेत्रीय कमिटीका उपाध्यक्ष बिश्व अधिकारीको स्वागत मन्तब्य रहेको थियो ।

दसैंजन्य परिकारका साथमा मैत्रीपूर्ण दिवाभोजसहितको सो कार्यक्रममा सूर्य खड्का, बिनोद भण्डारी, समुन्द्र पौडेल, चेतन घार्ती मगर, शान्ता जिसी लगायतका जापानमै रहेका चर्चित कलाकारहरुले दसैंसंग सम्बन्धित तथा अन्य गीतहरु पस्केर भरपुर मनोरञ्जन प्रदान गरेका थिए । वर्ष दिनको चाडको बेला आफ्ना परिवारजनबाट टाढा रहनुपर्दाको पीडा कलाकारहरुले गीतमार्फत बडो मार्मिक ढंगले प्रस्तुत गर्दा भावुक बनेको दर्शकदीर्घामा सन्नाटा छाएको थियो । शिन ओकुबोस्थित टोकियो रोधी क्लवको सभाहलमा भएको सो दसैतिहार भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रमको क्षेत्रीय कमिटीका सचिव दावा शेर्पाले सञ्चालन गर्नुभएको थियो । ***

 

तपाईको प्रतिक्रिया