Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

काश्मिर – भारत प्रशासित काश्मिरको पन्पोरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भएको छ । पन्पोरको एक भवनमा लुकेका बिद्रोही र सुरक्षाकर्मीबिच सोमाबार बिहानदेखि भिडन्त भएको हो ।

भिडन्तको क्रममा एक जना सुरक्षाकर्मी घाइते भएको भारतीय सेनाले जनाएको छ । भवनमा लुकेका बिद्रोहीले सुरक्षाकर्मीमाथि गोली चलाएका छन् । भवनमा दुई वा तीनजना बिद्रोही लुकेको आशंका गरिएको सुरक्षाकर्मीले बताएका छन् ।

सेना, सीमा सुरक्षा बल, केन्द्रिय रिजर्व प्रहरी बल र प्रहरीसहित संयुक्त टोलीले भवनलाई घेराबन्दी गरेको छ । आसपासको क्षेत्रमा करफ्यु लगाइएको छ ।

श्रीनगर–जम्मु राजमार्गमा पर्ने आन्त्रपेन्योर डेभलपमेन्त इन्स्टिच्युडको यो भवनमा गएको फेब्रुअरीमा पनि बिद्रोही घुसेका थिए । त्यसबेला झण्डै ४८ घण्टासम्म भएको भिडन्तमा एक नागरिक, चार बिद्रोही र तीन जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

तपाईको प्रतिक्रिया