Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १२, २०८१
Saturday, September 28, 2024

पर्सा – पर्सामा प्रहरीको कारबाहीमा एक जनाको ज्यान गएको छ । वीरगन्ज उपमहानगरपालिका–१८ को सिरोमणी टोलमा रहेको कच्ची बाटोमा राति ८ बजे प्रहरीसँग भएको भिडन्तको क्रममा प्रहरीले चलाएको गोली लागि एक युवकको ज्यान गएको हो ।

दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्सा प्रहरीले जिल्लामा लागु गरेको विशेष सुरक्षा योजना अन्तर्गत वीरगन्ज उपमहानगरपालिकाको सुनसान क्षेत्रको नियमित गस्ती गर्ने क्रममा भारतीय नम्बरको मोटरसाइकलमा आएका दुई जनालाई रोकी चेकजाँच गर्न खोज्दा प्रहरीलाई लक्षित गरी गोली चलाएकाले प्रहरीले गरेको कारबाहीमा गोली लागि युवकको ज्यान गएको पर्साका प्रहरी उपरीक्षक डा. राजुबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

मृतकको परिचय नखुलेको र मृतकसँगै रहेका भारतीय मोटरसाइकल चालकको खोजी कार्य भइरहेको उपरीक्षक श्रेष्ठले बताउनुभयो । फरार भएका अन्यको खोजीका लागि वीरगन्जको विभिन्न स्थानमा प्रहरीले नाकाबन्दी समेत गरेको छ । प्रहरीको जवाफी कारबाहीमा ज्यान गएका युवक भारतीय हुन सक्ने प्रहरीले आशङ्का गरेको छ ।

आधिकारिक रुपमा नबताए पनि मृतक भारत विहारको रक्सौलका दिसाद आलम रहेको प्रहरी स्रोतले दाबी गरेको छ । वीरगन्जका चर्चित व्यापारी सुरेश केडियाको केही महिना अगाडि भएको अपहरणमा पनि संलग्न रहेको र प्रहरीको खोजी सूचीमा समेत रहेका आलमको भिडन्तको ज्यान गएको । प्रहरीले घटनास्थलबाट एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने चार थान गोली पनि बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया